Aafno Khabar

विषालु च्याउ खाएर चार जना बिरामी, हेलिकप्टरमार्फत उद्धार

  • आफ्नो खबर
  • August 24, 2020 प्रकाशित

काठमाडाैं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी  भएका छन् । उनीहरु आइतबार रातिदेखि बिरामी परेका हुन् ।

बिषालु च्याउ खाँदा बिरामी भएका ४ जनाकाे हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज लगिएकाे छ ।सोमबार सिम्रिक एयरको हेलिकप्टरमार्फत नगरपालिकाको पहलमा बिरामी नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको हाे ।

जंगली च्याउ खाएर ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तम शाही, त्यति नै उमेरका वडा नम्बर ८ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाही गम्भीर बिरामी भएका हुन् ।