Aafno Khabar

काठमाडाैं उपत्यकामा तीन हजारभन्दा बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म तीन हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौंमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार मात्र काठमाडौं उपत्यकामा १ सय ६६ जना संक्रमित थपिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमित भेटिने क्रम बढिरहेको छ । उपत्यकामा संक्रमण बढ्न थालेपछि सरकारले ३ गते देखि १० गते सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेकाे छ ।

उपत्यकामा संक्रमण फैलिए नियन्त्रण गर्न गाह्राे हुने स्वास्थ्य मन्त्रालयले बताउँदै आइरहेकाे छ ।