Aafno Khabar

काठमाडौं उपत्यकामा थपिए २ सय १६ जना कोरोना संक्रमित

  • आफ्नो खबर
  • August 22, 2020 प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा काठमाडौंका १ सय ६० जना, ललितपुरका ६ जना  र भक्तपुरका ५० जना रहेका छन् ।

यी सहित नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ३१ हजार  १ सय १७  पुगेको मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ४६ जनाको मृत्यु भएको छ ।