काठमाडाैं । नेपालमा कोरोना भाइरस संक्रमणबाट शनिबार थप ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभएकाे हाे ।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालमा यीसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । हिजाे शुक्रबार हालसम्म सबभन्दा बढी एक दिनमा ११ जनाकाे मृत्यु भएकाे थियाे ।