Aafno Khabar

पीसीआर परीक्षणमा तीन अर्ब बढी रकम खर्च

  • आफ्नो खबर
  • August 21, 2020 प्रकाशित

काठमाडाैं । सरकारले कोरोना भारइसको पीसीआर परीक्षणको लागि तीन अर्ब बढी रकम खर्च गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले हालसम्म पीसीआर परीक्षणको लागि तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिनुभएकाे हाे ।

यति रकम खर्च गरेर परीक्षण गर्दा शुक्रबारसम्ममा ३० हजार ४ सय ८३  जना काेराेना संक्रमित भेटिएका छन् । प्रवक्ता गाैतमले भन्नुभयाे, ‘यसबाट के बुझिन्छ भने एक जना संक्रमित भेटाउन सरकारले  १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेकाे छ ।’

प्रवक्ता गाैतमले यसबाहेक उपचार खर्च पनि महँगाे हुने भएकाले अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह पनि गर्नुभएकाे छ ।

हालसम्म नेपालमा ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।  एक जनाकाे पीसीआर परीक्षणमा ५ हजार ५ सय रुपैयाँ सरकारले खर्च गरिरहेकाे छ ।