Aafno Khabar

काठमाडौं उपत्यकामा थपिए १ सय ८२ जना कोरोना संक्रमित

  • आफ्नो खबर
  • August 21, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप  १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । संक्रमितमध्ये १८ हजार २ सय १४ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको छ ।