Aafno Khabar

निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने

  • आफ्नो खबर
  • August 20, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडाैं । निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ ।

बुधबार राति १२ बजेदेखि सात दिनका लागि उपत्यकका तीनवटा जिल्लामा प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

यस क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा सातजना भन्दा बढी सडकमा हिड्न, भेला हुन अनुमति नदिने निर्णय गरेको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाए पनि त्यसमा कतिजना सम्म सहभागी हुन पाउने संख्या भने उल्लेख गरेको छैन ।