Aafno Khabar

सिन्धुपाल्चाेक पहिराे अपडेट : २५ जनाकाे शव फेला

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

तस्बिर : श्रीधर न्याैपाने ।

सिन्धुपाचोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको प्रहरीले जनाएकाे छ । मंगलबार सम्ममा २४ जनाकाे शव फेला परेकाे थियाे ।

पहिरोमा बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाेजी गरिरहेकाे छ । गएकाे शुक्रबार बिहान खसेकाे पहिराेमा पुरिएर ३९ जना बेपत्ता भएका थिए ।