काठमाडाैं । बुधबार देशभर थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
हालसम्म मृतक १ सय २० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।