Aafno Khabar

सिन्धुपाल्चाेक पहिराे : २४ जनाकाे शव फेला

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

तस्बिर : श्रीधर न्याैपाने ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेकाे संख्या २४ जना पुगेकाे छ ।

मंगलबार ७२ वर्षीया श्रीमाइ दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतककाे संख्या २४ पुगेकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ ।

गत शुक्रबार बिहान खसेकाे पहिराेमा पुरिएर ३९ जना बेपत्ता भएका थिए । अन्य बेपत्ताकाे खाेजी भइरहेकाे छ ।

याे पनि पढ्नुहाेस् ।

सिन्धुपाल्चाेक पहिराे अपडेट : अहिलेसम्म २२ जनाकाे शव फेला, १७ जना बेपत्ता