एजेन्सी । बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म आदिपुरुषको फर्स्ट लुक सार्वजनिक भएको छ । बाहुबलीबाट निकै चर्चा कमाएका प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन् ।
आदिपुरुष ओम राउतले निर्देशन गर्नेछन् । फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन । फिल्मका मुख्य कलाकार प्रभासले इंन्स्टाग्राममार्फत फिल्मको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।
उनले क्याप्सन लेखेका छन्, ‘खराबमाथि असलको जितको उत्सव।’ उनले फिल्मको राम अवतारमा काम गर्न आफू उत्साहित रहेको पनि उल्लेख गरेका छन् । सन् २०२२ मा फिल्म रिलिज हुने बताइएको छ। हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड र केही विदेशी भाषामा फिल्म रिलिज हुने बताइएकाे छ ।
फिल्मको फर्स्ट लुकमा बीचमा भगवान रामको सिल्हूट देखिएकाे छ। पृष्ठभूमिमा भयंकर हनुमानको तस्विर छ । यसमा रावणका दश टाउकाहरू पनि छन् ।