काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य मंगलबार तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साेमबार तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । साेमबार चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँमा काराेबार भएकाे थियाे ।