काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिलेका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
भण्डारीलाई सरकारले केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।
यसैगरी, सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।