स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक सेटियन बर्खास्त गरेकाे छ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएपछि बार्सिलाेनाले प्रशिक्षक बर्खास्त गरेकाे हाे ।
रियल बेटिसका पूर्व प्रशिक्षक सेटियन गएको जनवरीमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २५ खेलमा बार्सिलोनाको प्रशिक्षकको भूमिका निर्वाह गरे ।
उनकाे प्रशिक्षणमा ला लिगामा दोस्रो भएको बार्सिलोना च्याम्पियन्स लिगमा खराब हार व्यहाेर्न बाध्य भयाे ।
सेटियन बर्खास्त भएपछि बार्सिलाेनाले नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक रोनाल्ड कोएम्यान नयाँ प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । रोनाल्डले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट खेलेका थिए ।
बार्सिलाेना च्याम्पियन्स लिगबाट बाहिरिएपछि डिफेन्डर जेरार्ड पिकेले क्लबमा ठूलाे परिवर्तनकाे खाँचाे भएकाे बताएका थिए । क्लब हेरफेर गर्दा आफू बाहिर निस्किनु परे पनि निस्कने उनकाे प्रतिक्रिया थियाे ।