Aafno Khabar

सिन्धुपाल्चाेक पहिराे अपडेट : अहिलेसम्म २२ जनाकाे शव फेला, १७ जना बेपत्ता

  • आफ्नो खबर
  • August 17, 2020 प्रकाशित

तस्बिर : श्रीधर न्याैपाने ।

काठमाडाैं । गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोबाट साेमबार थप तीन जनाको शव फेला परेको छ । साेमबार थप तीन जनाकाे शव फेला परेपछि मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ ।

शुक्रबार बिहान साढे ६ बजे लिदीमा पहिरो जाँदा ३७ घर पुरिएका थिए । सिन्धुपाल्चाेक प्रहरीका अनुसार १७ जना अझै बेपत्ता छन् । प्रहरी, सेना तथा सशस्त्र प्रहरीले बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन् ।

सोमबार बिहान २२ वर्षीय छविलाल भन्ने अजय दोङ, १० वर्षीय सुरज दोङ र ६ वर्षीय सुमन दोङको शव फेला परेको हो । आइतबार १२ वर्षीय हिन्दुस दोङको शव फेला परेको थियो ।

याे पनि पढ्नुहाेस् ।

सिन्धुपाल्चाेक पहिराे अपडेट : १८ जनाकाे शव फेला

सिन्धुपाल्चाेक पहिराे अपडेट : १६ जनाकाे शव फेला