काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडाैंकी एक महिलासहित थप तीन जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
सोमबार नेपालमा ५ सय ८१ जना काेराेना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म काेराेना संक्रमण पुष्टि हुनेकाे संख्या २७ हजार २ सय ४१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएकाे छ ।