Aafno Khabar

काठमाडाैं उपत्यकामा आइतबार थपिए एक सय ७२ काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 16, 2020 प्रकाशित

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा आइतबार १ सय ७२ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडाैंका १ सय २६ ललितपुरका ३८ र भक्तपुरका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै, आइतबार देशभर ६ सय ४१ जना काेराेना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म २६ हजार ६ सय ६० जनामा काेराेना पुष्टि भइसकेकाे छ । संक्रमितमध्ये १७ हजार ३ सय ३५ निकाे भएर घर फर्किसकेका छन् ।