काठमाडाैं । आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २६ हजार ६ सय ६० पुगेकाे छ ।
विगत २४ घण्टामा १ सय ३४ जना संक्रमित निकाे भएका छन् । हालसम्म काेराेना निकाे भएर फर्किनेकाे संख्या १७ हजार ३ सय ३५ रहेकाे छ । देशभर ९ हजार २ सय २१ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
विगत २४ घण्टामा १२ हजार २ सय बढीकाे पीसीआर परीक्षण गरिएकाे पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।