Aafno Khabar

महेन्द्र सिंह धाेनीले लिए सन्यास

  • एजेन्सी
  • August 15, 2020 प्रकाशित

काठमाडाैं । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सि‌ंह धाेनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले इन्स्टाग्राममार्फत आफूले सन्यास लिएकाे घाेषणा गरेका हुन् । भारतीय क्रिकेटकाे सफल कप्तानकाे पहिचान बनाएका धाेनीले इन्डियन प्रिमियर लिग अगाडि सन्यासकाे घाेषणा गरेका हुन् ।

उनले शनिबार साँझ इन्स्टामा भिडियाे पाेस्ट गरेर सन्यास लिएकाे बारे जानकारी गराएका हुन् ।

सन् २०१७ को जनवरीमा एकदिवसिय क्रिकेटको कप्तानबाट राजिनामा दिएका धोनीले २०१४ को डिसेम्बर ३० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

३९ वर्षीय धोनीले भारतका लागि तीन सय ५० एकदिवसिय र ९० वटा टेष्ट खेलेका छन् । यस्तै ९८ टी २० खेल खेलका छन् ।

उनको कप्तानीमा भारतीय टिमले सन् २००७ मा टी २० विश्वकप, २०११ मा एकदिवसीय विश्वकप र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफिको उपाधि जितेकाे थियाे ।