Aafno Khabar

भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना संक्रमण

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

पर्सा । भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएकाे परीक्षणमा दूतावासमा कार्यरत ४८ जनामा संक्रमण देखिएकाे हाे । अस्पतालले दिएको सूचना अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेखि ६९ वर्षको वृद्धसम्म रहेका छन् ।

संक्रमित हुनेमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जना रहेका छन् ।