Aafno Khabar

कुशे औँसीका दिन गाेकर्णमा मेला नहुने

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

काठमाडौं । गोकर्णमा लाग्ने औंशी मेला यसपाली नहुने भएको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले बिहीवार सूचना जारी गर्दै कुसे औंशीको दिन मन्दिर क्षेत्र बन्द रहने जानकारी दिएकाे हाे ।

‘भदौ ३ गते लाग्ने कुशे औंशी मेला, हरितालिका तीज लगायतका पर्वहरुमा मन्दिर क्षेत्र बन्द रहने जानकारी गराइन्छ,’ समितिले सूचनामा उल्लेख गरेको छ ।

सरकारले भिडभाड हुने कुनै पनि गतिविधिमाथि निषेध लगाएको छ। कुशे औंशीमा गोकर्णेश्वर मन्दिरमा मेला लाग्छ भने उत्तर गयादेखि मन्दिरसम्म वाग्मती नदी किनारामा श्राद्ध गर्ने परम्परा छ ।