Aafno Khabar

सडक २ ट्रेलर : डिसलाइककाे कीर्तिमान

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडौं । बलिउड चलचित्र ‘सडक २’को ट्रेलर बुधबार रिलिज भएकाे छ । ट्रेलरले युट्युबमा डिसलाइककाे कीर्तिमान बनाएकाे छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि चर्किएको नेपोटिज्म विवादको असर यो चलचित्रमा पर्ने पनि देखिएकाे छ ।

निर्देशक महेश भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलरले बुधबार रिलिज भएपछि एक दिनमा २० लाख बढी डिसलाइक पाएकाे थियाे ।

सडक–२ मा आलिया भट्टसहित सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ । यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।