फाेर्ब्स म्यागजिनका अनुसार ड्वेन ‘द रक’ जोनसन यस वर्ष पनि सर्वाधिक महङ्गो पुरुष कलाकार बनेका छन् । उनले निरन्तर दोस्रो वर्ष महङ्गो कलाकारको स्थान पाएका हुन् ।
उनले २०१९ को जुन देखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाएका थिए । नेट्फ्लिक्स थ्रिलर ‘रेड नोटिस’बाट मात्र उनले २३.५ मिलियन डलर कमाएका छन् भने उनकाे लुगाकाे व्यवसाय प्राेजेक्ट रक पनि आयस्राेतकाे बाटाे हाे ।
सर्वाधिक आम्दानी गर्ने टप १० कलाकारहरूको कुल आय ५४५.५ मिलियन डलर रहेको फाेर्ब्सले बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।