Aafno Khabar

कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु

  • आफ्नो खबर
  • August 11, 2020 प्रकाशित

फाइल फाेटाे

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।

भेरी अस्पतालमा भर्ना हुनु भएकी रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो ।

चाैधरीले सोही दिन राति शिशुकाे जन्म दिनुभएकाे थियाे । मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिनुभयाे ।