Aafno Khabar

मन्त्रालयका प्रवक्ताले नाक काेट्याएकाे दृष्य क्यामेरामा कैद भएपछि…(भिडियाेसहित)

  • आफ्नो खबर
  • August 11, 2020 प्रकाशित

काठमाडौं । मंगलबार साढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो । तर मंगलबारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलनमा भन्दा केही अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको दृश्य कैद भयाे ।

काेभिड १९ अपडेट नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमणबाट बच्न नाक, मुख र आँखा नांगो हातले नछुन प्रवक्ता आफैँ बारम्बार भन्दै आइरहनुभएकाे छ ।