Aafno Khabar

गायक निशान भट्टराईले गरे बिहे

  • आफ्नो खबर
  • August 11, 2020 प्रकाशित

काठमाडाैं । गायक निशान भट्टराईले विवाह गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन् ।

ऋचा मोडल हुन् । पछिल्लो समय टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिने गरेका थिए ।ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानसँग अभिनय गरेकी थिइन् ।