काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गर्नुभएकाे छ । विरोधकाबीच देउवाले धमाधम विभागहरुमा मनोयन गर्नुभएकाे हाे ।
देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय ६६ जना सदस्य मनोनय गर्नुभएकाे छ ।
देउवाले आइतबार १० वटा विभागमा ३ सय ९४ सदस्य मनोनयन गर्नुभएकाे थियाे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गर्ने क्रम गरिएको भन्दै विरोध जनाइरहेका छन् ।