Aafno Khabar

उपत्यकामा सोमबार थप ४४ जना कोभिड १९ संक्रमित

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जना कोभिड १९ संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, साेमबार देशभर ३ सय ३८ जनामा काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । नेपालमा हालसम्म ७९ जनाले काेभिड १९ संक्रमणका कारण ज्यान गुमाइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

लकडाउन खुला भएपछि नेपालमा काेराेना संक्रमित बढिरहेका छन् । पछिल्ला दिनमा स्थानीय तहले काेराेना जाेखिम कम गर्न लकडाउन र निषेधाज्ञा जारी गरेका छन् ।

उपत्यकामा पनि भीड कम गराउन सरकारले यातायात सञ्चालनमा जाेर विजाेर प्रणाली लागू गरेकाे छ । यस्तै उपत्यका भित्रिने नाकामा पनि कडाइ गरिएकाे जनाएकाे छ ।