Aafno Khabar

अत्यावश्यक बाहेक त्रिविका सबै कार्यालय बन्द गरिने

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र अन्य क्याम्पस कार्यालयहरु आंशिक रुपमा सञ्चालन हुने भएका छन् ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गरी देशका विभिन्न ठाउँहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले त्रिविका अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गर्ने जानकारी दिएकाे हाे ।

त्रिविले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्ने उद्देश्यले त्रिवि मातहतका अस्पतालहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिम गर्ने र अन्य क्याम्पसहरुमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

त्रिविले अत्यावश्यक काम र कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखमा जिम्मेवारी दिने  पनि सूचनामा उल्लेख  छ ।

सम्बन्धित शीर्षकहरु