काठमाडाैं । सुनको भाउ साेमबार तोलामा २ सय रुपैयाँ घटेको छ ।
सुन साेमबार तोलामा एक लाख २ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको भाउ आइतबार र साेमबार भने केही घटेको छ ।
चाँदीको भाउ पनि साेमबार १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।