Aafno Khabar

सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, काे-कहाँ ?

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडौं । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन् ।

रौतहटमा उमेश बस्नेत, दैलेखमा सन्तबहादुर सुनुवार, म्याग्दीमा उमाकान्त अधिकारी, मनाङमा ध्रुव गिरी, मुस्ताङमा हिरादेवी पौडेल, प्युठानमा खिमराज भुसाल र रुकुम पूर्वमा राजकुमार राईलाई सरुवा गरिएकाे गृहमन्त्रालयले जनाएकाे छ ।