Aafno Khabar

भारतले भन्याे – बुद्ध नेपालमा जन्मिएकाेमा विवाद छैन

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

तस्बिर : विकिपिडिया

काठमाडाैं । भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्ध ‘महान् भारतीय’ भएकाे बताएका थिए ।

भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध नेपाल सरकारले विज्ञप्ति निकालेर आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको थियो । परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिएकाे कुरा स्थापित भइसकेकाे बताएकाे थियाे ।

नेपालको प्रतिक्रियापछि भारतले बुद्ध नेपालमा जन्मिएकाेमा विवाद नरहेकाे बताएकाे हाे ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको स्पष्ट पारेको छ ।