Aafno Khabar

त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका परीक्षा स्थगित

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा गर्ने भनेको परीक्षा स्थगित गरेको छ । भदौ अन्तिम साता गर्ने भनिएको स्नातक र स्नात्तकोत्तर तहको परीक्षा स्थगित गरिएको हाे।

कोभिड १९ माहामारीको कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सो संकायले आइतबार एक विज्ञप्ति जारी गरी गत साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित गरेको हो ।

इन्जिनियरिङ संस्थान डिनको कार्यालयले तत्कालका लागि परीक्षा स्थगित गर्ने र अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ । संस्थानले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु