Aafno Khabar

सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

काठमाडाैं । लगातार बढेको सुनको मूल्य आइतबार तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

आइतबार सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।