क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युभेन्टसले फ्रान्सेली टिम लियोनमाथि २-१ काे जित निकालेकाे थियाे । तर समग्रमा २-२ काे बराबरी हुँदा युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियाे ।
पहिलो लेगमा एक शून्यको हार ब्यहोरेको युभेन्टसविरुद्ध लियोनले घरेलु मैदानमा भएको खेलको १२ औैँ मिनेटमा नै अग्रता बनाएको थियो । लियाेनले पाएकाे पेनाल्टीकाे सदुपयाेग गरेकाे थियाे । उसका कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गरी अग्रता दिलाए ।
मिरालेम प्यानिचले प्रहार गरेको बल लियोनका मेम्फिसले हातले छोएपछि ४३ औँ मिनेटमा युभेन्टसले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले गोल गर्न सफल भए ।
त्यसपछि ६० औँ मिनेटमा रोनाल्डोले युभेन्टसका लागि गोल गर्न सफल भए । त्यसपपछि युभेन्टसले गोल थप्न सकेन । जसका कारण रोनाल्डोको टिम युभेन्टस अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरियो ।