म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडमाथि २-१ को जित निकाल्दै समग्रमा ४-२ गाेल अन्तरले सिटी क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएकाे दाेस्राे लेगकाे खेलमा सिटीका लागि रहीम स्टर्लिङ र ग्याब्रीएल जेससले गरेका थिए । खेलकाे नवाैँ मिनेटमा नै सिटीका लागि स्टर्लिङले गाेल गरेका थिए ।
२८ औं मिनेटमा रियालले बराबरी गोल फर्काएकाे थियाे । रोड्रीगोको पासमा करीम बेन्जेमाले रियललाई खेलमा फर्काए ।
६८ औँ मिनेटमा सिटीले पुन: दाेस्राे गाेल गर्याे । यसपटक सिटीका लागि गाब्रियल जिससले गाेल गरे । जसका कारण रियलकाे च्याम्पियन्स लिगकाे यात्रा सकियाे । अब सिटीले क्वाटरफाइनलमा फ्रान्सेली क्लब लियोनसँग खेल्नेछ ।