काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जनाएको छ ।
प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ ।