Aafno Khabar

देशभर बदली, यी क्षेत्रमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

काठमाडाैं । बुधबार देशभर आंशिकदेखि सामान्य बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै, राति पनि देशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ रहेकाले केही दिनयता मनसुन केही कमजोर भए पनि पूर्णरुपमा निष्क्रिय छैन । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।