Aafno Khabar

जागे पूर्वमाओवादी पनि, नेकपा (माओवादी) पार्टीको घोषणा

  • आफ्नो खबर
  • August 4, 2020 प्रकाशित

काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा नेकपा (माओवादी) पार्टीको घोषणा भएको छ । नेकपा (माओवादी) को ३१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको हो।

पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै जिसीले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता संगठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको बताउनुभयो ।