Aafno Khabar

साेमबार थपिए ४ सय १८ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 3, 2020 प्रकाशित

काठमाडाैं । सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएकाे मन्त्रालयले जनाएकाे छ ।

नेपालमा अहिलेसम्म मृतक ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।