काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि भएको हो ।
कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यमासमेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उहाँले जानकारी दिनुभयाे ।
काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।