फाइल तस्बिर । एएफपी
काठमाडौं । कोरोना भाइरस (काेभिड १९) का कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत जान नपाउने भएका छन् । कुवेतले अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएकाे छ । तर नेपाल सहित सातवटा देशका नागरिकाहरुलाई भने कुवेत सरकारले प्रवेश नदिने भएको छ ।
कुवेत सरकारले लगाएको ‘कोरोना भाइरस ट्राभल ब्यान’ नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, इरान र बंगलादेशका नागरिकहरुमा भने कायम नै रहनेछ ।
कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले ट्वीट गरी सात राष्ट्रबाहेकका नागरिकहरुलाई आवतजावतमा छुट रहने जनाएको हो ।
Allowing citizens and residents of the country to travel to and from the State of Kuwait, except for residents coming from the following countries:#CGCKuwait pic.twitter.com/Xu0smWVWp4
— مركز التواصل الحكومي (@CGCKuwait) July 30, 2020
कुवेतले नेपालीहरुमाथि प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीमा जाने नेपालीमा नकरात्मक असर पर्ने देखिएको छ । कुवेत नेपालीका लागि आकर्षक रोजगारका लागि गन्तव्य थियो ।