काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।