फाइल तस्बिर ।
काठमाडाैं । अमेरिकामा कोरोना भाइरस (काेभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार बढी भएको छ ।
रोयटर्समा प्रकाशित समाचारका अनुसार मृतक संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी मानिसको मृत्यु भएको हाे ।
अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्था लयमा फर्काउन लकडाउन खाेलिएकाे थियाे । यसकारण अमेरिकामा मृत्युदर बढीरहेकाे जनाइएकाे छ ।
अमेरिकामा मास्क प्रयोग र सामाजिक दूरी कायम गर्ने कुरामा त्यहाँका नागरिकहरूमा देखिएको अरूचिले पनि कोरोना फैलिएको समाचारमा जनाइएकाे छ ।