Aafno Khabar

केजीएफ च्याप्टर २ : सञ्जय दत्तकाे ‘अधिरा लुक’ सार्वजनिक

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

केजीएफ ‘च्याप्टर टु’ को फस्ट लुक सार्वजनिक गरिएको छ ।

रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित चलचित्र ‘केजीएफ च्याप्टर वान’ को दोस्रो संस्करण यही वर्षको अक्टोबरमा रिलिज गरिने भएको छ। तर, कोरोना संक्रमणका कारण प्रदर्शन मितिमा केही हेरफेर हुन सक्ने पनि जनाइएकाे छ ।

याे चलचित्र पहिलो संस्करण सुपर हिट भएकाे थियाे । ‘केजीएफ च्याप्टर टु’ यस वर्षको बहुप्रतिक्षित फिल्म रहेको भारतीय मिडियाले जनाएको छ। चलचित्रमा संजय दत्त ‘अधिरा’ को भूमिकामा देखिनेछन् । दत्तको जन्मदिनको अवसरमा बुधबार उनी अभिनित पात्रको फस्ट लुक सार्वजनिक गरिएको हो ।

सञ्जय दत्तले ट्वीटरमार्फत तस्बिर शेयर गरेर केजीएफ टीममा काम गर्न पाएकाेमा खुशी व्यक्त गरेका छन् । उनकाे याे लुक सबैले मन पराएका छन् ।