Aafno Khabar

सेमेष्टर परीक्षा भदाै तेस्राे सातामा गर्ने त्रिविकाे तयारी

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट सुरु गर्ने तयारी गरेको छ ।

विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी गरेको बताउनुभयाे ।

त्रिविका अनुसार परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारी भइरहेकाे छ ।

त्रिविले गत चैत ७ गतेदेखि कोभिड १९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् ।