Aafno Khabar

सुनको मूल्यले बनायो अहिलेसम्मकै नयाँ रेकर्ड

  • आफ्नो खबर
  • July 29, 2020 प्रकाशित

काठमाडौं । वुधबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो सुनको मूल्यले बनाएको अहिलेसम्मको नयाँ रेकर्ड हो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यआज प्रति औंस ८ डलरले बढेको छ ।

आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको मूल्य बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।