Aafno Khabar

प्रधानमन्त्री ओली किन पुगे गौतम निवास भैसेपाटीमा ?

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुग्नुभएको हो।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्ष अध्यक्ष प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसेको थियो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको छ ।त्यो बैठकमा गौतम पनि उउस्थिती हुनुभएको थियो । उहाँले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्‍याउनुभएको थियो ।