Aafno Khabar

कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपाली नपठाउन भारतद्वारा नेपाललाई पत्राचार

  • आफ्नो खबर
  • July 27, 2020 प्रकाशित

काठमाडाैं । गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्र दाबी गरी भारतले नेपाललाई पत्र पठाएको छ । भारतको धार्चुला प्रशासनले गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको हो ।

सुरक्षाका लागि व्यास गाउँपालिका १ गाँगामा सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएकोले भारत सशंकित भएर पत्र पठाएकाे हुनसक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएकाे छ ।

भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच बीच सीमा विवाद सुरू भएको थियो । नेपालले पनि कालापानी, लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरिसकेकाे छ ।