Aafno Khabar

ओलीको सक्रियतामा नेकपा दर्ता भयो, देशभर मान्छे उतारियो : प्रचण्ड

  • आफ्नो खबर
  • July 24, 2020 प्रकाशित

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताउनुभएको छ। आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उहाँले बताउनुभयो ।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको संकेत गर्नुभयो ।

‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’ उहाँले भन्नुभयो ।